
दिल्ली, २४ चैत– भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन शुरु भएको छ ।
सम्मेलनको सुरुवात गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री र प्रतिनिधिमण्डलाई नेपालीमा सम्बोधन गर्दै स्वागत गरेका थिए । उनले भने,‘ तपाईंहरु सवैलाई भारतमा स्वागत गर्दा मलाई धेरै खुसी लागेको छ ।’