०९ असार २०८३, मंगलबार

तीनै तहको निर्वाचन सम्पन्न गरेर नयाँ प्रक्रियामा अघि बढेकोमा नेपाललाई मोदीको बधाई

तीनै तहको निर्वाचन सम्पन्न गरेर नयाँ प्रक्रियामा अघि बढेकोमा नेपाललाई मोदीको बधाई

नयाँ दिल्ली, २४ चैत-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल तीनै तहको निर्वाचन सम्पन्न गरेर नयाँ अध्यायमा अघि बढेकोमा बधाई दिएका छन् । भारतको तीन दिने भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाली जनता र सरकार दुवैलाई बधाई दिएका हुन् ।

‘नेपाल नयाँ युगमा प्रवेश गरेको छ, छिमेकी मित्रराष्ट्रको नाताले नेपालको नयाँ इतिहासको शुभारम्भ भारतका लागि हर्षको विषय हो, नेपाली जनता र सरकारलाई अभिनन्दन गर्न चाहन्छु, बधाई दिन चाहन्छु,’ मोदीले भने ।

salt training

कमेन्ट गर्नुहोस्