०६ साउन २०८३, बुधबार

फेरि रोकियो कपिलको नयाँ शो, पूर्व प्रेमिका भन्छिन्–‘शर्मा आत्महत्या बारे  सोच्छन्’

फेरि रोकियो कपिलको नयाँ शो, पूर्व प्रेमिका भन्छिन्–‘शर्मा आत्महत्या बारे  सोच्छन्’

काठमाडौं, २५ चैत– भारतीय कमेडियन कपिल शर्मा आजभोलि विवादमा फसेका छन् । हालै शुरु गरेको नयाँ शो ‘द फैमिली टाइम विद कपलि’ ले शुरुवात मै दर्शकको मन जित्न सकेको छैन । 

तीन एपिसोड अनएयर भएको शो शनिबार टेलिकास्ट हुन सकेन । जसका कारण सोनी च्यानलले बैठक बोलाएको छ । शो टेलीकास्ट नहुनको कारण सुटिंग नै नभएको मिडिया रिपोर्टमा उल्लेख छ । आजभोलि कपिल ट्विटर युद्ध मै व्यस्त छन् । 

शोको सुटिंगका लागि रानी मुखर्जीलाई बोलाइए पनि पछि रद्द गरेको बताइएको छ । त्यसपछि प्रोड्क्शन हाउससँग कुनै सम्पर्क नगरेको थाहा हुन आएको छ । 

पछिल्लो समय पत्रकार र पूर्व प्रेमिका विरुद्ध उनी प्रहरीमा जाने तयारीमा छन् । कपिलले पत्रकारप्रति आपत्ति जनाउँदै ट्वीट गरेका थिए । 

कपिलको ट्वीटमा नेहाले भनेकी छन्– त्यो ट्वीट आपत्तिजनक छ । यस्तै कपिलको रवैयाप्रति उनकी पूर्व प्रेमिका प्रीतिले कपिलको मानसिक हालत ठीक नभएको र उनले आत्महत्या बारे सोच्ने गरेको बताइन् । 

कमेन्ट गर्नुहोस्