३१ जेठ २०८३, आइतबार

‘राजा राजेन्द्र पोख्रेल हाँस्य व्यङग्य साँझ भोलि, सबैलाई आउन आग्रह

‘राजा राजेन्द्र पोख्रेल हाँस्य व्यङग्य साँझ भोलि, सबैलाई आउन आग्रह

काठमाडौं, २५ चैत–हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले ‘राजा राजेन्द्र पोख्रेल हाँस्य व्यङ्ग्य साँझ २०७४’ गर्दैछन् । 

चैत २६ (भोलि) पोख्रेलले आर्मी अफिसर्स क्लब भद्रकालीमा हास्यब्यङग्य साँझ गर्न लागेका हुन् । साँझ ४ बजे कार्यक्रम शुरु हुनेछ । 

कार्यक्रममा अतिथि कलाकारहरु बद्री पंगेनी, राजनराज सिवाकोटी, मिना निरौला, बैंकुण्ठ महत, विश्व नेपाली, साजन राई, सञ्जिव ठकुरी, शोभा त्रिपाठीको प्रस्तुती रहनेछ । 

केपी शर्मा ओलीको प्रमुख आतिथ्यता हुने कार्यक्रममा सहभागी हुन राजेन्द्रले सबैमा आग्रह गरे । 

राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र रेडियो अडियोको प्रस्तुतिमा ‘राजा राजेन्द्र पोख्रेलले हाँस्य व्यङ्ग्य साँझ २०७४’  हुन लागेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्