
काठमाडौं, २५ चैत–हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले ‘राजा राजेन्द्र पोख्रेल हाँस्य व्यङ्ग्य साँझ २०७४’ गर्दैछन् ।
चैत २६ (भोलि) पोख्रेलले आर्मी अफिसर्स क्लब भद्रकालीमा हास्यब्यङग्य साँझ गर्न लागेका हुन् । साँझ ४ बजे कार्यक्रम शुरु हुनेछ ।
कार्यक्रममा अतिथि कलाकारहरु बद्री पंगेनी, राजनराज सिवाकोटी, मिना निरौला, बैंकुण्ठ महत, विश्व नेपाली, साजन राई, सञ्जिव ठकुरी, शोभा त्रिपाठीको प्रस्तुती रहनेछ ।
केपी शर्मा ओलीको प्रमुख आतिथ्यता हुने कार्यक्रममा सहभागी हुन राजेन्द्रले सबैमा आग्रह गरे ।
राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र रेडियो अडियोको प्रस्तुतिमा ‘राजा राजेन्द्र पोख्रेलले हाँस्य व्यङ्ग्य साँझ २०७४’ हुन लागेको हो ।