२९ जेठ २०८३, शुक्रबार

गणेश लामा जेल चलान

गणेश लामा जेल चलान

काठमाडौं, २६ चैत– गुण्डा नाइके तथा नेपाली कांग्रेसका ‘नेता’ गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन् । 

काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामालाई सोमवार पुर्पक्षका लागि जेल पठाएको हो । 

हातहतियार तथा खरखजना मुद्दाअन्तर्गत लामालाई पुर्पक्षका लागि जेल चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । 

लामा गत फागुन ३० गते काठमाडौंको गौशालाबाट चाइनिज पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित पक्राउ परेका थिए । 

प्रहरीले उनीमाथि हातहातियार तथा खरखजना ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्