
सुर्खेत, २९ चैत– कर्णाली प्रदेशको समृद्धिका लागि सरकारले आगामी वर्षलाई पर्यटन वर्षका रूपमा मनाउँदै छ । यसका लागि कर्णाली प्रदेश सरकारले आउँदो वैशाख १ मा रारा–कर्णाली महोत्सवको उद्घाटन गर्ने तयारीमा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवको उद्घाटन गर्ने छन् । र राराबाटै सम्बोधन पनि गर्ने छन् । कर्णालीमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना भएको हो ।
महोत्सवको व्यवस्थापन गर्न विभिन्न समिति पनि बनेका छन् । महोत्सवको तयारी पनि तीव्र छ । तर, रारा जाने मुल बाटो नै राम्रो छैन । यातायात क्षेत्रको भौतिक पूर्वाधार नै पर्याप्त छैन ।
कर्णाली राजमार्गको दैलेख सडकखण्डअन्तर्गत घट्टखोलामा रारा जान नसकेर दैनिक दर्जनौ गाडी फिर्ता हुने गरेका छन् । ट्याक्टर समेत चढ्न नसक्ने सडकलाई आधार बनएर पर्यटन वर्ष मनाउन थालिएको छ ।

आवश्यक पूर्वाधार नै तयार नगरी पर्यटन वर्ष मनाउन थालिएको स्थानीय बताउँछन् । स्थानीयको गुनासोपछि कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहिसहितको टोली सडक अवलोकनका लागि पुगेको छ ।
