१२ असार २०८३, शुक्रबार

एनसेलको ‘सही’ डेटा प्याक, दैनिक १ घण्टाको निःशुल्क भिडियो स्ट्रिमिङ

एनसेलको ‘सही’ डेटा प्याक, दैनिक १ घण्टाको निःशुल्क भिडियो स्ट्रिमिङ

काठमाडौं, २९ चैत- एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूलयोर फन’ योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ । यस नयाँ ‘सही’ डेटा प्याकमाग्राहकले विद्यमानअल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घण्टा इन्टरनेटमा पहुँचका साथै  बोनस स्वरुप दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजापनिलिन सक्नेछन् ।  ‘सही’ डेटा प्याकयहि चैत्र २९ गते बिहीबार देखि लागु हुनेछ । यो डेटा योजनाअन्तर्गत एनसेलकाग्राहकले आधाजिबि देखि १५ जिबिसम्मको १ दिन देखि ३० दिन सम्मको समयावधिमा चौबिसै घण्टा चलाउन सकिने अल टाइम डेटा प्याकहरु रु ३९ देखि रु ७९९ सम्ममा सुचारु गर्न सक्नेछन् । 


ग्राहकले १ दिन समयावधि रहेको आधा जिबिको सही डेटा प्याक कर सहितमात्र रु ३९ मा सुचारु गर्न सक्नेछन्, भने तीन दिन समयावधि रहेको १.५ जिबि डेटा कर सहित रु ९९, सातदिन समयावधि रहेको ३.५ जिबि डेटा कर सहित रु १९९ र तीस दिन समयावधि रहेको १५ जिबि डेटा कर सहित रु ७९९ मा सुचारु गर्न सक्नेछन् ।  सही प्याक लिएका ग्राहकले आफूले लिएको प्याक अवधिभर दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजापनिलिन सक्नेछन् । यो योजनाअन्तर्गतको निःशुल्क भिडियो स्ट्रिमिङमा आईफ्लिक्स, युट्युब ,युट्युबगो तथा एनसेलको अरु भिडियो प्लेटफर्म (नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) मा रहेका भिडियो कन्टेन्ट हेर्न सक्नेछन् । ग्राहकले गुगलको सेवा जस्तै प्ले स्टोर, म्याप आदिका लागि पनि यो निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाको प्रयोग गर्न सक्नेछन् । 


‘सही’ डेटा प्याकएनसेलको टु जी, थ्रि जी तथा फोर जी सबै नेटवर्कका लागि मान्य रहेको छ ।  ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी ‘६’ छनोट गरेर आफ्नो आवश्यकता बमोजिमको सही डेटा प्याक लिई अफरको लाभ लिन सक्छन् । त्यस्तै ग्राहकहरुले एसएमएसबाट तथा एनसेल एपबाट पनि यो सेवा सुचारु गर्न सक्नेछन् । उदाहरणका लागि १ दिन समया वधिको प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा ‘३९’ लेखि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् ।  


मोबाइल डेटाको बढ्दो मागलाई सहज बनाउन आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा अल टाइम डेटा प्याक ल्याउन पाउँदा निकै हर्षित भएको एनसेलले जनाएको छ । एनसेलको सबै नेटवर्कमा चलाउन सकिने डेटा प्याकसँगै एक घण्टाको निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । सही डेटा प्याकको भोलुम सकिएपछि प्याकको समयावधि भर ‘पे एज यु गो ’ दर अनुसार कर सहितप्रतिएमबि रु १.१३ लाग्ने कम्पनीले जनाएको छ । यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागिमान्य रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्