२१ जेठ २०८३, बिहीबार

प्रचण्ड परिवारमा शोक, प्रचण्ड पुगे चितवन

प्रचण्ड परिवारमा शोक, प्रचण्ड पुगे चितवन

चितवन २९ चैत – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाप्रसाद पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

नेकपा माओवादी केन्द्र चितवनका सदस्य पौडेलको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले आफू गुमनाम भएर पनि पार्टीप्रति महत्वपूर्ण भूमिका निर्वाह गर्ने पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।  

‘हिजो पञ्चायत कालदेखि जनयुद्धकाल हुँदै जनआन्दोलनसम्म आफू गुमनाम भएरपनि पार्टी, आन्दोलन र नेतृत्वप्रति सधैँ इमानदारीतापूर्वक भूमिका निर्वाह गर्ने पौडेल परिवारका सदस्य महाप्रसादको निधनले हाम्रो पार्टीले ठूलो क्षति व्यहोरेको छ’,उनले भने । 

चितवन कल्याणपुर निवासी पौडेलको गत चैत्र २३ गतेका दिन निधन भएको थियो ।

स्वर्गीय पौडेल पार्टी केन्द्रीय सल्लाहकार एवं प्रचण्ड पत्नी सीता दाहालका माइला भाइ थिए । उनको  निधनले व्यक्तिगत भन्दा पनि पार्टीगत पीडा बढी भएको भन्दै अध्यक्ष प्रचण्डले भने – ‘व्यक्तिगत नाता सम्बन्धका कारण एउटा पीडाबोध हुनु स्वाभाविक हो, तर त्यो भन्दा बढी पीडा एक जना इमानदार सदस्य गुमाउँदा भएको छ ।’

इमानदार कार्यकर्ताको निधनले पार्टीलाई ठूलो क्षति पुगे पनि पीडालाई शक्तिमा बदलेर सामाजिक सेवामा लाग्न अध्यक्ष प्रचण्डले नेता कार्यकर्ता र परिवारलाई आग्रह गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्