
काठमाडौं, २९ चैत– पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठले चढ्दै आएको गाडी सर्वोच्च अदालतका कर्मचारीले खोसेका छन् । श्रेष्ठले प्रयोग गर्दै आएका बा १३ च ६२४१ नम्बरको गाडी सर्वोच्चका कर्मचारीले खोसेका हुन् ।
गाडी चालकसहित गाडीलाई नियन्त्रणमा लिएर मुख्य रजिष्टार राजन भट्टराईलाई बुझाइएको छ ।
सर्वोच्चका प्रधानन्यायाधीशहरुले आफ्नो कार्यकालमा लिएको गाडी पदबाट हटेपछि पनि अनधिकृत रुपमा प्रयोग गर्दै आएका छन् ।
१३ जना पूर्व प्रधानन्याधीशले सर्वोच्चबाट गाडी, चालक, इन्धन, मर्मत खर्च लिइरहेका छन् । पूर्वविशिष्टलाई सुविधा दिने विषयको कानून बनेको छैन ।