०५ असार २०८३, शुक्रबार

आइजीपी सर्वेन्द्र खनालले दिए अपराधको वैज्ञानिक अनुसन्धान गर्न निर्देशन

आइजीपी सर्वेन्द्र खनालले दिए अपराधको वैज्ञानिक अनुसन्धान गर्न निर्देशन

काठमाडौँ, २९ चैत- नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै अपराधको वैज्ञानिक तथा परिमाणमुखी अनुसन्धान गर्न निर्देशन दिएका छन्  । 

प्रहरी महानिरीक्षक खनालले आज पदबहालीपछि प्रहरी प्रधान कार्यालय मातहतका अधिकृत तथा जवानलाई सम्बोधन गर्दै आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनबमोजिम कारबाही गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिए  । समाजमा शान्ति सुरक्षा कायम गर्दै प्रहरी असहाय नागरिकको साथी बन्नुपर्ने उनको  भनाइ थियो । 

संगठनको आन्तरिक सुदृढीकरण, संरचनागत सुधार, प्रहरी कर्मचारीको वृत्तिविकास तथा सेवासुविधा आफ्नो प्राथमिकताको विषय रहेको बताउँदै पेशागत आचरण विपरीत काम गर्ने एवं भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नलाई कारवाही गरिने स्पष्ट पारे  । अग्रजका राम्रा कामको अनुसरण गर्दै संगठनको छवि अझ उच्च बनाई कर्मचारीबीच आत्मीयता तथा भाइचाराको विकास गरिने समेत उनले बताए  । 

salt training

कमेन्ट गर्नुहोस्