१५ असार २०८३, सोमबार

नयाँ वर्ष २०७५ को अवसरमा सामसङको नयाँ अफर

नयाँ वर्ष २०७५ को अवसरमा सामसङको नयाँ अफर

काठमाडौं, ३० चैत- सामसङ इलेक्ट्रोनिक्स् नेपालले नयाँ वर्ष २०७५ को उत्साहलाई दोब्बर गर्दै ‘नयाँवर्षको उमङ्ग, सामसङसँग’ नामक अफर बजारमा ल्याएको छ । नयाँवर्षको उल्लासमय अवसरमा उत्कृष्ट योजनाहरुसँगै एक नौलो सुरुवात गर्न चाहने उपभोत्ताहरुलाई लक्षित गरी यस जना नयाँ वर्षको उपहारको रूपमा प्रस्तुत गरिएको छ ।

उपभोक्ताले सामसङको टिभी तथा घरायसी उपकरणको खरिदमा १५ प्रतिशत सम्मको छुट पाउँनेछन् ।  पहिलो पटक सामसङले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक, वल्र्डलिंकसँग साझेदारी गर्दै आफ्नो स्मार्ट टिभीको विक्रीमा अनलिमिटेड इन्टरनेट र नेट टिभी  सेवा प्रदान गर्ने भएको छ ।

३२ इन्चदेखि ४३ इन्चसम्मको सामसङ स्मार्ट टिभीको खरिदमा अब उपभोक्ताले १२ प्रतिशत क्यास ब्याक तथा ६ महिनाको लागि १० एमबिपिएसको अनलिमिटेड इन्टरनेट र नेट टिभी सेवा पाउँनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्