
काठमाडौं, ३० चैत- स्याङ्योङ मोटर्स नेपालको लागि एकमात्र आधिकारिक बिक्रेता आई.एम.एस्.ग्रुपले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्ष २०७५ अफर’ बजारमा ल्याएको छ ।
नयाँ वर्ष २०७५ को सन्दर्भमा स्याङ्योङले विशेष अफर ग्राहक सामु पेश गरेको छ, जसमा नगद रु ४ लाख सम्म छूट र हातखाली नहुने उपहारमा सामसुङ ग्यालेक्सी एस् ९ प्लस रेक्स्टन वा कोरण्डो गाडी खरिद कर्ताले प्राप्त गर्नेछन् भने सामसुङ ग्यालेक्सी एस्. ९ तिभोली, एक्सएल टिभी वा एक्टियोन स्पोर्टस् गाडी खरीद कर्ताले प्राप्त गर्नुहुनेछ ।
यसबाहेक कोरियन लक्जरी आरामदायी सभ गाडी खरीदकर्तालाई स्याङ्योङले निम्नअनुसार अफर ग्राहकलाई दिएको छ ।
- जुनसुकै ठाउँमा सट्टापट्टा गर्न सकिने ।
- सरल फाइनान्स सुविधा
- एक आ.व. को लागि सडक कर छूट
- ३ वर्षे वा ६०,००० किमी वारेन्टी सुविधा
- ३ वर्षे फ्रि सर्भिसिङ्ग
- हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर
यो नयाँ वर्ष अफर २०७४ चैत्र ३० देखि २०७५ बैशाख १७ गतेसम्म लागू हुनेछ ।