१८ असार २०८३, बिहीबार

घरेलु काममा खटाइएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

बैशाख १, २०७५
घरेलु काममा खटाइएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

काठमाडौँ, १ बैशाख- गृह मन्त्रालयले घरेलु कामदारका रूपमा खटाएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।

प्रहरीका उच्च अधिकारी, सरकारका बहालवाला मन्त्री, पूर्वमन्त्री तथा विशिष्ट व्यक्तिले ‘सुरक्षा थ्रेट’को कारण देखाउँदै प्रहरी कर्मचारी लिएर घरेलु काममा प्रयोग गरेको पाइएपछि गृहले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दुरुपयोग गरिएका कर्मचारी सात दिनभित्र फिर्ता गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको बताए ।

गृहका अनुसार झन्डै ६ हजार प्रहरी कर्मचारी घरेलु काममा लगाइएका छन् । निर्वाचनका वेला प्रहरीले कुल दरबन्दी ७२ हजार सात सय ३३ मध्ये ६७ हजारको सूची मात्रै पेस गरेपछि गृह पाँच हजार सात सय ३३ प्रहरीको खोजीमा लागेको थियो, नयाँ पत्रिकामा खबर छापिएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्