१५ असार २०८३, सोमबार

अपराध महाशाखाको प्रमुखमा एसएसपी धिरज प्रताप सिंह

अपराध महाशाखाको प्रमुखमा एसएसपी धिरज प्रताप सिंह

काठमाडौं, ४ वैशाख– महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुखको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) धिरज प्रताप सिंहले पाएका छन् । 

यसअघि महाशाखाको प्रमुख रहेका एसएसपी दिवेश लोहनी प्रहरी प्रधान कार्यालय तानिए पछि सिंह नयाँ प्रमुखका रुपमा अपराध महाशाखा आएका हुन् । त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिएको ३३ किलो सुन प्रकरणसँग जोडिएको मोरङको सनम शाक्य हत्या प्रकणमा एसएसपी लोहनी प्रहरी हेडक्वार्टर तानिएका हुन् । सनम हत्या प्रकरणमा लोहनीसँगै एक डिएसपी र एकजना सई पनि हेडक्वार्टर तानिएका थिए । 

सिंह यसअघि संघीय प्रहरी इकाई बागमतीको प्रमुख थिए । महाशाखाको प्रमुखको जिम्मेवारी पाएका सिंह अपराध अनुसन्धानमा विशेष अनुभव भएका प्रहरी अधिकारी मानिन्छन् । 

salt training

कमेन्ट गर्नुहोस्