०५ असार २०८३, शुक्रबार

सन् २०१८ मा दुई हजार प्यालेष्टिनी इजरायलको नियन्त्रणमा

बैशाख ४, २०७५
सन् २०१८ मा दुई हजार प्यालेष्टिनी इजरायलको नियन्त्रणमा

रामाल्लाह, ४ वैशाख- सन् २०१८ मा इजरायलसँगको सीमा विवादको सन्दर्भमा करिब दुई हजार प्यालेष्टिनीहरूलाई सुरक्षा नियन्त्रणमा लिएको प्यालेष्टिनी कैदीहरूको क्लब (पीपीसी)ले मङ्गलबार जनाएको छ । 
इजरायली जेलहरूमा प्यालेष्टिनी कैदीहरूका अधिकारका लागि कार्यरत अर्धसरकारी संगठन पीपीसीले प्यालेष्टिनी कैदी दिवसका सन्दर्भमा सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, “यो बर्षको शुरूदेखि अहिलेसम्म ३६९ बालबालिका र ३६ महिलासहित एक हजार ९२८ प्यालेष्टिनीलाई इजरायली सुरक्षा घेरामा राखिएको पाइएको छ ।” 
प्रतिवेदन अनुसार इजरायलको स्थापना भएको दिन सन् १९४८ को मे १४ देखि हालसम्म करिब १० लाख प्यालेष्टिनीलाई इजरायली प्रशासनले पक्राउ गरेको छ । प्यालेष्टिनी नागरिकले इजरायल स्वतन्त्र भएको उक्त दिनलाई नाक्वा दिवस अर्थात विनासको दिनका रूपमा लिँदै आएका छन् । 

इजरायल स्वतन्त्र भएपछि हालसम्म लाखौँ प्यालेष्टिनी आफ्नो भूमि छोडेर पूर्वी जेरूसेलम, वेस्ट बैंक तथा गाजा क्षेत्रमा विस्थापित रूपमा जीवन विताउँदै आएका छन् । 

अहिले इजरायली जेलमा ३५० बालबालिका, ६५ महिला र छजना सांसदसहित छ हजार पाँचसय प्यालेष्टिनी नागरिकले कैदी जीवन विताइरहेका प्रतिवेदनमा उल्लेख छ । 

कैदीले दिएको जानकारी अनुसार ४८ जनाले बीसबर्षदेखि, २५ जनाले २५ बर्षदेखि र १२ जनाले ३० बर्षदेखि निरन्तर जेल जीवन विताइरहेका छन् । 

यस्तै जेलमा रहेका ७०० कैदी दीर्घरोगबाट पीडित रहेका र नियमित औषधि लिइरहेका छन् भने तीमध्ये २६ जनालाई क्यान्सरको समस्या देखिएको छ । 

प्यालेष्टिनीहरूले प्यालेष्टिनी राष्ट्रिय परिषद्को घोषणा गरिएको दिन सन् १९७४ अप्रिल १७ लाई कैदी दिवसका रूपमा मनाउँदै आएको छ भने परिषद्ले सम्पूर्ण कैदीको रिहाइका लागि आन्दोलन गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्