२६ जेठ २०८३, मंगलबार

पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध होहल्ला गर्नेको खुलासा- मलाई 'रअ'ले दबाब दिएको थियो

पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध होहल्ला गर्नेको खुलासा- मलाई 'रअ'ले दबाब दिएको थियो

काठमाडौं, ५ वैशाख : वाशिङ्गटनबाट प्राप्त एक समाचार अनुसार सन् २०१५ मा अमेरिका भ्रमणमा रहेका बखत पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफको सार्वजनिक कार्यक्रम बिथोल्न हल्लीखल्ली गर्ने बलुचिस्तानको व्यक्तिले आफूले त्यो काम भारतीय गुप्तचर एजेन्सी ‘रअ’ को दबाबमा गरेको कुरा प्रेससामु खुलस्त गरिदिएका छन् ।

अमेरिकन फ्रेण्डस् अफ् बलुचिस्तान नामक समूहका संस्थापक अहमर मुस्तिकानले मंगलवार फेसबुकमा तीनवटा अन्लाइन मार्फत यो बयान दिएका हुन् । उनको समूहका मानिसले गोप्यता नखोल्न दबाब दिएका थिए, तर मेरिल्याण्ड राज्यको एक अदालतले मुस्तिकानको अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्न पाउनु पर्ने मागलाई स्वीकार गरिदियो ।

पत्रकार भएर काम समेत गरेका मुस्तिकानले आफूलाई वाशिङ्गटनमा रहेको भारतीय दूतावासमा काम गर्ने ‘रअ’ का कर्मचारीले अनुचित दबाब दिएको कुरा खोलेका छन् –डन अखबारमा लेखिएको छ । ‘रअ’ का कर्मचारीमध्ये एकजनाको नाम नागेश भूषण हो भन्ने पनि मुस्तिकानको जिकिर छ ।

मुस्तिकानले कुनै बखत परवेज मुशर्रफका कार्यक्रम पनि बिथोलेका थिए । “मैले गह्रौं हृदयले शरिफको सभामा गडबडी गरेको हुँ । मेरो कुनै वैरभाव थिएन । उहाँ निर्वाचित प्रधानमन्त्री हो,” मुस्तिकानको भनाइ छ ।

मुस्तिकानको दाबी के पनि छ भने ‘रअ’ले पाकिस्तानका विद्रोहीहरूलाई पञ्जाबी, पख्तुन र सिन्धी गैरसैनिक नागरिकहरूलाई मार्न उक्साउने गरेका छन् । कारगिलको लडाईं पछिका १२ वर्षमा पाकिस्तानमा विद्रोही बढाइएको हो ।

“गैरसैनिक नागरिक हाम्रा दाजुभाइ हुन्, तिनीहरूसित केही वैरभाव छैन,” मुस्तिकानको कथन छ ।

salt training

कमेन्ट गर्नुहोस्