३१ जेठ २०८३, आइतबार

हत्या प्रयासबाट बालबाल बाँचे लिवियाका प्रभावशाली सैन्य कमाण्डर

बैशाख ५, २०७५
हत्या प्रयासबाट बालबाल बाँचे लिवियाका प्रभावशाली सैन्य कमाण्डर

 लिविया, ५ वैशाख- लिवियाको उत्तरीक्षेत्र हेर्ने सैन्य शिविरका प्रमुख तथा पूर्वी सैन्य कमाण्डर जनरल अब्दाराजाक नाथुरीको बुधबार हत्या प्रयास भएको सैनिक कार्यालयले जनाएको छ । 

बेङ्घाजी शहरमा गस्तीमा हिडिरहेका समय उनीमाथि कारबम हमला गरी हत्याको प्रयास गरिएको सेनाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 

आक्रमणबाट उनको सुरक्षार्थ खटिएका केही सैनिक सामान्य घाइते भएको बताइएको छ । उनीमाथि गरिएको उक्त आक्रमण प्रयास भने विफल भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्