
कुनै समय बलिउडका ‘खराब केटा’का रुपमा वदनाम कमाएका सञ्ज दत्त बारे बनेको बायोपिक फिल्मलाई रणवीर कुपुर र दत्तका फ्यानहरुले कुरिरहेका छन् ।
यो फिल्मको टीजर आइपीएल खेलको मैदान आउने अनुमान भारतीय सञ्चारमाध्यमहरुले जनाउका छन् ।
टीजर त्यस च्यानलमा लञ्च हुनेछ जसमा आइपीएलको खेल लाइभ प्रसारण भइरहेको छ । यसका लागि निर्माता च्यानलसँग कुराकानी गरिरहेका छन् ।
दत्त बायोपिकको क्रिकेटसँग कुनै सम्बन्ध छैन । निर्मातालाई यसको अनुमति प्राप्त हुने नहुनेबारे कुनै आधिकारिक धारण सार्वजनिक भएको छैन ।
२४ अप्रिलमा वानखेडे स्टेडियममा मुम्बइ इन्डियन्स तथा सनराइज हैदरबादबीचको खेल छ । एक रिपोर्टका अनुसार यस बीचमा टीजर लञ्च गर्ने कोरिस भइरहेको छ । यस फिल्मको मुख्य भूमिका निभाएर रणबीर कुपुर, राजकुमार हिरानी पनि उपस्थित हुनेछन् ।