१७ असार २०८३, बुधबार

भारतीय राजदूत पुरीले भने–प्रधानमन्त्री मोदी चाँडै नेपाल आँउछन्

बैशाख १०, २०७५
भारतीय राजदूत पुरीले भने–प्रधानमन्त्री मोदी चाँडै नेपाल आँउछन्

जनकपुरधाम, १० वैशाख– भारतीय राजदूत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चाँडै नेपाल भ्रमणमा आउने बताएका छन् । 

जानकी नवमी महाउत्सव उद्घाटन गर्न जनकपुर आएका राजदूत पुरीले मोदी नेपाल आउँने मितिबारे भने खुलाएनन् । 

नेपाल आएको बेलामा मोदीले जनकपुरको भ्रमण गर्ने पुरीले जानकारी दिए । 

जनकपुरमा आएको बेला मोदीले चारवर्षको अवधिमा भारतमा गरेको विकासबारे जानकारी गराउने र त्यसबाट जनकपुरले सिक्न सक्ने राजदूत पुरीले बताए । 

नेपाल र भारतबीच छिमेकीको मात्र सम्बन्ध नरहेको राजदूत पुरीले बताए । ‘नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको मात्र होइन,’राजदूत पुरीले भने,‘नेपाल भारतको सम्बन्ध कुटुम्बको पनि हो ।’

दुई नम्बर प्रदेशमा विभिन्न कार्यक्रमहरु भारतको सहयोगमा सञ्चालनमा रहेको भन्दै राजदूत पुरीले यसको सहयोगमा जनकपुर, वीरगञ्जलगातका शहर पर्यटकीय शहर बन्ने बताए । वीरगञ्जमा  इन्टिग्रेटेड चेकपोस्ट, जनकपुर जयनगर रेल भारतको सहयोगमा बनिरहेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्