२४ जेठ २०८३, आइतबार

मोदी बारम्बार किन जान्छन् चीन ?

बैशाख १०, २०७५
मोदी बारम्बार किन जान्छन् चीन ?

काठमाडौं, १० वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिनपिङका बीच चीनको बुहानमा २७ र २८ अप्रिल(शुक्रबार र शनिबार)मा एक अनौपचारिक बैठक हुन लागेको छ । 

यो भेटलाई डोकलाम विवाद समाधानको विषयका रुपमा लिइएको छ । यस बैठकमा दुबै नेताबीच ठोस कुराकानी हुने जनाइएको छ । 

दक्षिण एशियामा चीनको बढ्दो प्रभावका कारण भारत चिन्तित छ । हालका दिनमा नेपाल तथा मालदिभ्समा पनि चीनको प्रभाव बढेको कतिपय उदाहारण रहेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । 

आइतबार चीनियाँ विदेशमन्त्री वांग यी र भारतीय विदेशमन्त्री सुष्मा स्वाराजबीच बैठक भएको थियो । 

मोदीले यसभन्दा पहिला वुहानमा बैठकको घोषणा गरिसकेका थिए । 

मोदीको यो पछिल्लो चार वर्षमा चौथो पटकको चीन भ्रमण हो । 

कतिपयलाई मोदीको केही दिनपछिको भ्रमण असामान्य लागिरहेको छ । मोदी जब जून महिनामा सांघाइ समिटमा जाँदै थिए भने अहिले फेरि किन जान लागे त ?

कुनै पनि देशको प्रमुख बारम्बार अरुको देशमा गएको त्यति राम्रो मानिदैन । 

जुनमा चीनमा हुने कार्यक्रममा अन्य आठ देशपनि सहभागी हुनेछन् जसका कारण त्यतिवेला मोदीले त्यति धेरै स्थान पाउने छैनन् । 

अन्तर्राष्ट्रिय मामलाका जानकार पुष्पेश पन्तका अनुसार चीनका साथ सुमधुर सम्बन्ध बनाउने बाध्यता भारतको हो चीनको होइन । 

यो भ्रमणलाई १९८८ को राजीव गान्धीको भ्रमणसँग तुलना गरिएको छ । त्यतिबेला पनि युद्धका कारण जमेको सम्बन्धलाई पगाल्नका लागि गान्धी चीन भ्रमणमा गएका थिए । अहिले मोदीले पनि चीनसँग नराम्रो भन्दा राम्रो सम्बन्ध बनाएर अगाडि बढ्नु मै फाइदा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्