
काठमाडौं, ११ वैशाख– आज तेह्रौँ लोकतन्त्र दिवस । विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । आज प्रकाशित पत्रपत्रिकाले पनि लोकतन्त्रका विषयमा समाचार छापेका छन् ।
अन्नपूर्ण पोस्टले ‘निरंकुशता गयो, गएन सामन्तवाद’ शीर्षकमा लेखेको छ । निरंकुश राजतन्त्र र हिंसात्मक माओवादी विद्रोह अन्त्य गर्ने दिनको स्मरणमा मुलुकभर लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रका लागि लड्ने नेताको कार्यशैलीमा परिवर्तन नभएको गुनासो यथावत् छ ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिता मात्रै होइन, तीन तहको चुनावपछिको संविधान कार्यान्वयनले मुलुकमा राजनीतिक आन्दोलनलाई स्थापित गराइसकेको छ । गणतन्त्र स्थापना गरी नेपालको राजनीतिलाई नयाँ उचाइमा पुर्याउँदै सार्वभौमसत्ता, राजकीय सत्ता जनतामै स्थापित भएको दिनका रूपमा लोकतन्त्र दिवसलाई स्मरण गरिन्छ ।
तत्कालीन सात राजनीतिक दल र माओवादी विद्रोहीले १२ बुँदे सहमति गर्दै संयुक्त जनआन्दोलन गरेपछि लोकतन्त्र प्राप्त भएको थियो । यो आन्दोलनले विघटित संसद् पुनःस्थापित गराएको थियो । पुनःस्थापित संसद्ले राजतन्त्रलाई निलम्बन मात्र गरेन, राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।
संविधानसभाबाट संविधन निर्माण गर्ने, बृहत् शान्ति-सम्झौतामार्फत माओवादी युद्ध अन्त्य गर्ने, हतियार व्यवस्थापन, सेना समायोजनलगायत काम गर्दै माओवादीलाई राजनीतिका मूलधारमा ल्याई शान्ति सुव्यवस्था कायम गर्ने लोकतन्त्रका मूल कार्यभार थिए । मुलुक संविधानसभाबाट निर्माण भएको संविधान कार्यान्वयनको चरणमा छ ।
संविधानसभाबाट नयाँ संविधान निर्माण गर्न दशक बित्यो । संविधानअनुसार नै स्थानीय, प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न भएका छन्।
कान्तिपुरले ‘नेता मोटाए, जनता उस्तै’ शीर्षमा लोकतन्त्रको सम्झना गरेको छ । २०६३ ११, पछिल्लो राजनीतिक परिवर्तनको प्रस्थानविन्दु । लाखौँको संख्यामा जनता सडकमा निक्लिएके त्यो दिनभन्दा धेरै अघिदेखि सडक सुनसान थियो ।
नेताहरु थुना र नजरबन्दमा थिए । प्रेसमाथि सेन्सरसिप लगाएर राजाको शासनविरुद्ध लेख्न, बोल्न बन्देज गरिएको थियो ।
त्यो एैतिहासिक दिन थियो, जो नोलको राजनीतिकमा न पहिले आउो थियो न फेरि आउने छ, नेपाल पत्रकार महासंघका पुर्वसभापति विष्णु निष्ठुरी भन्छन् । प्रत्येक पटक वैशाख ११ ले सडकभरि ओईरिएका मासिन अनि आक्रोस र उल्लास मिश्रित तिनका अनुहारको अभिव्यक्ति झल्काउने उनी बताउँछन् ।
यस्तमो पत्रकार महासंघले विस्तारै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आवाज उठाएर आन्दोलन सुरु गर्यो, उनी समझन्छन्, नेपाल बारले तुरुन्त त्यसमा साथ दियो ईन्जिनियरिङ एसोसिएसन, चिकित्सक संघ प्राध्यापक संघ र शिक्षक संग संगठन पनि यसमा जोडिन आउँदा पेसागत संगठनको ठुलो गठबन्धन नै बन्यो जसमा कारण आन्दोलनको राप र ताप बढ्न थाल्यो ।,
कांग्रेसको चुनाव समीक्षा बैठक– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले चुनावमा पार्टी पराजयको मुख्य कारण नेतृत्वको कमजोरी भएको आरोप लगाएका छन् । उनीहरुले उम्मेदवारको टिकट वितरणमा आर्थिक चलखेल भएको समेत आरोप लगाए ।
केही सदस्यहरुले भने अन्तरघातका कारण चुनावमा कांग्रेस उम्मेदवारले पराजय व्यहोरेको बताए । विकसित पछिल्लो राजनीतिक घटनाक्रम, चुनावमा पार्टी परायजको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न बसेको केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुले सभापति शेरबहादुर देउवाको आलोचना गरेका हुन् ।
सोमवारको बैठकमा अम्बिका बस्नेत, रत्न शेरचन, ध्यान गोविन्द रञ्जित, मानवबहादुर विश्वकर्मा, किरण यादव, अजय चौसरीया, सुजाता परियार, चन्द्र भण्डारी, कमला पन्त र चित्रलेखा यादव बोलेका थिए ।
केन्द्रीय सदस्यहरुले भनाइ राख्ने क्रम सकिएपछि मंगलवार नै बैठक सम्पन्न गर्ने तयारी छ । त्यसअघि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको सभापति देउवाले जवाफ दिने छन् ।
कर्णाली प्रदेशः नीति तथा कार्यक्रम पारित– कर्णाली प्रदेश सरकारद्वारा प्रस्तुत आव २०७४÷०७५ को नीति तथा कार्यक्रम पारित भएको छ । कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले नेपालको संविधानको धारा १८४ एवं कर्णाली प्रदेशसभा नियमावली, २०७४ को नियम ३५ बमोजिम प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाको बाह्रौं बैठकले सोमवार सर्वसम्मत पारित गरेको हो ।
नीति तथा कार्यक्रममा पर्यटन, जलविद्युत्, जडिबुटी, कृषि, यातायात, शिक्षा, वन, खनिज पदार्थ र सामाजिक सुरक्षा तथा न्यायलाई बढी जोड दिँदै प्रदेशको समृद्धि, विकास र परिवर्तनका लागि विशेष खालका नारा अघि सारेको छ । प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवादोन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने उद्देश्य प्रदेशले लिएको छ ।
प्रदेशको समग्र विकास र समृद्धिको गुरूयोजना बनाउन प्रदेश सरकारले विज्ञहरूको टोली बनाउने छ । ‘एक पालिका एक घरेलु उद्योग’को नीतिअनुसार स्थानीय सीप, प्रविधि र कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गरिनेछ ।
३३ किलो सुन प्रकरण- गत माघमा तस्करी गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र्याएर हराइएको भनिएको ३३ किलो सुन तस्करीको प्रकरणमा मुछिएका नेपाल प्रहरीका पुर्ब डिआईजी गोविन्द निरौलालाई विराटनगर ल्याएको छ । साडे ३३ किलो सुनसँगै सुनसँग सम्बन्धित भरिया उर्लावारीका सनम शाक्यको हत्या प्रकरणका बिषयमा अनुसन्धान गर्न उनलाई बिराटनगर ल्याइएको हो ।
पक्राउ परेका पूर्व डिआइजी निरौलालाई बुद्ध एयरलाइन्समार्फत साेमबार दिउँसो २ः३० बजे विराटनगर ल्याएको हो । निरौलालाई जिल्ला अदालत मोरङमा म्याद थप गरी अनुसन्धानमा राखिएको छ ।
निरौलालाई गृह मन्त्रालयको छानवीन समितिले आइतबार पक्राउ गरेको थियो । तस्करहरुलाई सहयोग गरेको देखिएपछि उनलाई पक्राउ गरिएको हो । निरौलाले गत चैत २८ मा अवकाश पाएका थिए ।
निर्वाचन आयोगद्वारा सुरक्षा माग– निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा आइतबार भएको बम विस्फोटको घटनाले आयोग स्तब्ध भएको जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले सोमबार जारी गरेको विज्ञप्तिमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘यस्ता प्रकारका घटनालाई मध्यनजर गरी आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा प्रमुख आयुक्तको निवासमा घटेको घटनाको यथाशिघ्र छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारवाही गर्न आयोग सरकार सँग हार्दिक आग्रह गर्दछ ।’ यादवको धापाखेलस्थित घरमा वम विस्फोट भएको थियो ।
घुसहित पक्राउ– महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ । आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले सेवाग्राहीसँग लिएको रु ५० हजार घुस रकमसहित उनलाई पक्राउ गरेको हो ।
बर्दिवास–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत रु १० लाख ऋण दिइने भन्दै काफ्लेले सो को पाँच प्रतिशत रकम घुसवापत लिएको कार्यालयले जनाएको छ ।
मोदी वैशाख २८ मा नेपाल आउने निश्चित– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो वैशाख २८ गते दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आउने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले प्रस्ताव गरेकै मितिलाई अनुमोदन गरेपछि मोदी सोही दिन नेपाल ओर्लने निश्चित भएको हो ।
प्रधानमन्त्री मोदी आफ्नो कार्यकालमा तेस्रोपटक नेपाल भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर जाने र त्यहाँ उनलाई अभिनन्दन गरिने छ ।
प्रदेश २ मा थपिए सार्वजनिक बिदा– प्रदेश २ मा थप आठ दिन सार्वजनिक बिदा थपिएको छ । संघीय सरकारले तोकेबाहेक प्रदेश २ सरकारले विभिन्न पर्व र दिवसमा बिदा दिने निर्णय गरेको हो ।
छठपर्व, होली, जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी र रामनवमीमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मधेस आन्दोलन स्मृति दिवस ५ माघमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीहरूले मनाउने पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन (वारह रविउल्ल औयल)को दिन पनि बिदा दिइनेछ ।
माइभ्याली गोल्डकपः मनाङ मस्यायाङ्दी सेमिफाइनलमा प्रवेश– मनाङ मस्यायाङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।आयोजक माइभ्याली फुटबल क्लब इलामलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङ सेमिफाइनलमा पुगेको हो ।
मनाङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । मनाङले अब बुधबार हुने त्रिभुवन आर्मी क्लब र सिक्किम युनाइडेटबीचको तेस्रो क्वाटरफाइनलको विजेतासँग शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।