
काठमाडौं, ११ वैशाख– क्यानडाको टोरन्टोमा फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु भएको छ । अन्य घटनामा १५ जना घाइते भएका छन् ।
टोरन्टोको योङ स्ट्रिटमा भ्यान चालकले फुटपाथमा पैदल यात्रुहरुलाई लक्षित गरी भ्यान चलाएको बीबीसीले जनाएको छ । संदिग्ध भ्यान चालक २५ वर्षीय अलिक मिनासायनलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।
यसैबीच क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले घटनाको छानबिन भइरहेको र दोषीमाथि कडा कारबाही हुने जानकारी दिए ।