०७ असार २०८३, आइतबार

धरानमा दुई विद्यार्थीमाथि छुरा प्रहार, एक जना पक्राउ

बैशाख ११, २०७५
धरानमा दुई विद्यार्थीमाथि छुरा प्रहार, एक जना पक्राउ

सुनसरी, ११ वैशाख— धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथि सोमबार राति छुरा प्रहार भएको छ । बाग्लुङका सुजन खड्का र काभ्रे धुलिखेलका प्रदिप सापकोटा माथि ३ जनाको समुहले छुरी प्रहार गरेको हो ।

उनीहरु पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा चौथो वर्षमा अध्यनरत थिए । प्रहरीका अनुसार राति ८ बजे साथीबाट नोटकपी लिएर डेरातर्फ आउदै गरेको बेला खड्का र सापकोटामाथि छुरी प्रहार गरी मोबाइल समेत लुटिएको छ । 

खड्काको हात, छातीमा र सापकोटाको छातीमा चोट लागेको छ । घाइते दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

घटनामा संलग्न रहेको आरोपमा मंगलबार विहान प्रहरीले विज्ञान लिम्बुलाई पक्राउ गरेको छ । अन्य दुई जना कुम्बे लिम्बु र विकेन लिम्बु फरार छन् ।
 

कमेन्ट गर्नुहोस्