१० असार २०८३, बुधबार

भ्यानको ठक्करले १० जनाको मृत्यु

बैशाख ११, २०७५
भ्यानको ठक्करले १० जनाको मृत्यु

क्यानाडा ११ बैशाख– क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । 

एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा लगि जथाभावी रुपमा ठक्कर दिदा कम्तीमा १० जना मारिएका छन्। । यस घटनामा परी अन्य १५ जना घाइते भएका बताइएको छ । प्रहरीका अनुसार यो एक योजनाबद्ध आक्रमण हो । 

प्रत्यक्षदर्शीअनुसार चालकले पैदलमार्गमा तीव्रगतिमा भ्यानलाई जोतेको र त्यसपछि कैयौं पटक सडक र पैदलमार्गमा ल्याउने लैजाने गरेका थिए 

सेतो रंगको उक्त भ्यानले दिउँसोको खाना खाने समयमा पैदल यात्रुले भरिएको उत्तरी टोरोन्टोको बाहिरी क्षेत्रमा पैदलमार्गमा गएर व्यक्तिहरूलाई ठक्कर दिएको थियो । 

प्रत्यक्षदर्शीहरूका अनुसार उक्त भ्यान तीव्र गतिमा अघि बढ्दै बारम्बार सडक र पैदलमार्गमा आउने जाने गरेको अवस्थामा सडकमा पैदल यात्रामा रहेका व्यक्तिहरुको चिच्याएको आवाज सुनिएको थियो । 

प्रहरीले यस अवस्थालाई नियन्त्रणमा लिई गोली नचलाई भ्यानका चालकलाई पक्राउ गरी हिरासतमा लिएका छन् । यसैबीच टोरोन्टोका मेयरले धैर्यता देखाउन व्यक्तिहरु अपिल गरेका छन् । सरकारी अधिकारीहरुले पनि यस हमलालाई योजनाबद्ध भनेका छन्। । 

विश्वका ठूला अर्थतन्त्र भएका जी७ आवद्ध देशका विदेशमन्त्रीहरूको बैठक चलिरहेको टोरोन्टोको मुख्य क्षेत्र भन्दा १६ किलो मिटर टाढा यो घटना भएको हो । 

यो हमला उक्त बैठकसँग सम्बन्धित भए नभएको हालसम्म पुष्टि भएको छैन । विश्वका अन्य भागमा इस्लामिक स्टेट समूहले यस्तै प्रकृतिका हमला गराउने गरेका छन्।, तर पछिल्ला समयहरुमा यस्ता आक्रमणहरुको उद्देश्य स्पष्ट हुने गरेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्