काठमाडौं, ११ वैशाख– सरकारले यातायात क्षेत्रमा देखिएको सिन्डिकेट अन्त्य गर्ने उद्घोष गरेको छ । मयूर यातायातल काठमाडौं–धुलिखेल रुटमा बस चलाउन अनुमति पाएपछि देखा परेको विवाद सल्टाउन सरकारले कडा एक्सन लिनुपरेको हो ।
व्यवसायीहरूले समितिका नाममा गरिरहेको मनपरी तोड्ने भन्दै सरकारले अगामी साउनदेखि समिति नविकरण नगर्ने निर्णय गरिसकेको छ ।
यससँगै यातायात क्षेत्रमा अन्य विकृत्तिहरू पनि छन् । यीनै विषयमा लोकान्तरकर्मी मनीषा अवस्थीले यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईसँग कुरकानी गरेकी छन् ।