०५ असार २०८३, शुक्रबार

श्रीमतीको निधनपछि चिन्ताले बिरामी परे अमेरिकी पूर्वराष्ट्रपति बुस

बैशाख ११, २०७५
श्रीमतीको निधनपछि चिन्ताले बिरामी परे अमेरिकी पूर्वराष्ट्रपति बुस

वासिङटन, ११ वैशाख -आफ्नी श्रीमतीको अन्त्येष्टि गरेको भोलिपल्टै अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस आइतबार बिरामी हुनुभएको छ । 

रगतमा संक्रमण भएर स्वास्थ्य समस्यामा पर्नुभएका बुसको अहिले उच्च सतर्कताका साथ उपचार भइरहेको उहाँको निजी सचिवालयले जनाएको छ । 

सचिवालयद्वारा जारी वक्तव्यमा अनुसार ९३ वर्षीय बुसलाई हाउस्टन मेथोडिस्ट अस्पतालमा आइतबार बिहानै भर्ना गरिएको हो । 

उहाँकी श्रीमती तथा अमेरिकाकी पूर्वप्रथम महिला बारबारा बुसको गत शनिबार अन्त्येष्टि गरिएको थियो । उहाँको गत मंगलबार ९२ वर्ष उमेरमा निधन भएको थियो । 

उहाँको अन्तिम विदाई समारोहमा चार जना पूर्वराष्ट्रपति सहभागी हुनुभएको थियो । बारबाराका श्रीमान् जर्ज एच डब्लु बुस बाहेक उहाँका छोरा जर्ज डब्लु बुस पनि अमेरिकाको पूर्वराष्ट्रपति हुनुहुन्छ । 

स्वर्गीय बारबारा बुसका श्रीमान् जर्ज एच डब्लु बुस सन् १९८९ देखि १९९३ सम्म र उहाँका छोरा जर्ज डब्लु बुसकी २००१ देखि २००९ सम्म अमेरिकाको राष्ट्रपति हुनुभएको थियो । 

बारबाराको निधनपछि उहाँका श्रीमान् तथा पूर्वराष्ट्रपति बुसले बारबारा संसारकै सबैभन्दा मायालु भएको बताउनुभएको थियो । अन्त्येष्टिमा हजारौँको सहभागीता थियो । 

पूर्वराष्ट्रपति बुसलाई हातखुट्टा काँप्ने रोग (पार्किन्सन)ले सताएको छ । उहाँलाई बेला बेलामा निमोनिया पनि हुनेगरेको थियो । 

“अहिले उहाँको उपचारको प्रतिफल सकारात्मक देखिएको र स्वास्थ्यमा सुधार भएको छ,” अधिकारीले भनेका छन् । रासस 

salt training

कमेन्ट गर्नुहोस्