०४ साउन २०८३, सोमबार

बजारमा रुपैयाँ ५०० को यस्तो नोट, के–के भए परिवर्तन ?

बैशाख १२, २०७५
बजारमा रुपैयाँ ५०० को यस्तो नोट, के–के भए परिवर्तन ?

काठमाडौं, १२ बैशाख– नेपाल राष्ट्र बैंकले बुधबारदेखि केहि परिवर्तन गरिएको रु ५०० को नोट चलनचल्तीमा ल्याएको जनाएको छ । 
राष्ट्र बैंकले साविककै आकार तथा रंग तर साविकको दुई बाघको चित्रको साटो एउटामात्रै पाटेबाघको चित्र रहेको  संकेट नम्बर ङ.४६ ०००००१ देखि छ.४०९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको  जनाएको छ । राष्ट्र बैंकका अनुसार नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको छ भने दायाँतर्फ लालिगुरासको पानी छाप रहेको छ । 
यस्तै नोटको तल्लो भागमा गर्भनर चिरन्जिवी नेपालको दस्तखत, तल्लोभागको बोर्डरमा नोटको सिरियल नम्बर ३.५ मि.मी चौडा भएको रंग परिवर्तन हुने धागो रहेको छ ।  बैंकले साविकमा चलनचल्तीमा रहेका नोटहरु यथावत रहने पनि जनाएको छ । 
सूचना हेर्नुहोस्


 

salt training

कमेन्ट गर्नुहोस्