
काठमाडौं, १२ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त धरहराको पुनर्निर्माणका लागि डोको र कोदालो बोक्न आफू तयार रहेको बताएका छन् ।
भूकम्पको तेस्रो स्मृतिमा बुधबार विहान धरहराको भत्किएको संरचना अगाडि उभिएर प्रधानमन्त्री ओलीले आफू जनश्रमदान गर्न तयार रहेको भन्दै अरुलाई पनि श्रमदानको लागि आह्वान गरेका हुन् ।
ओलीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा घोषणा गरेको मेरो धरहरा मै बनाउँछु नारालाई सफल बनाएर छाड्ने भन्दै ८ँटा, डोको र कोदालो बोक्न नयार रहेको बताएका हुन् ।
ओलीले भने‘भूकम्पले ढालेको हाम्रो शानलाई स्वाभिमानसहित उठाउनु छ । त्यसकालागि लागि म खन्न तयार छु, खर्पन र डोकोमा इँटामा बोक्न तयार छु ।’
उनले व्यापारिक प्रयोजनाका लागि नभइ इतिहार र संस्कृतकिो संरक्षणका लागि धरहरा बनाउने उनले बताए ।