१७ असार २०८३, बुधबार

एकताबारे प्रचण्डले ठाडै यस्तो प्रस्ताव राखेपछि

बैशाख १२, २०७५
एकताबारे प्रचण्डले ठाडै यस्तो प्रस्ताव राखेपछि

‘तपाईहरुले साह्रै पेल्नुभयो भने अलग नभई हुन्न । त्यसैले त्यो दिनको सहजताका लागि पनि हामीलाई ५० प्रतिशत चाहिन्छ भनेर मागेपछि कसरी स्वीकार गर्न सकिन्छ ?’

गत साता माओवादीसँग पार्टी एकताको बारेमा निर्णय गर्न बसेको स्थायी समितिको बैठकलाई ब्रिफिङ गर्दै अध्यक्ष केपी ओलीले थपे,‘प्रचण्डले मुखै फारेर यसो भन्नुभयो, त्यसैले विषय गम्भीर छ ।’

विहान बालुवाटारमा प्रचण्डसँग तीन घन्टा लामो वार्ता गरेपछि साँझ बसेको बैठकमा एमाले नेताहरुले खुलेर आफ्नो धारण राखेका आजको जनआस्थामा समाचार छ । 

राय पोख्ने क्रममा उपाध्यक्ष वामदेव गौतमले भने,‘उनीहरुले जे माग्छन् त्यो दिएर भए पनि एकतालाई पूर्णता दिनुपर्छ । अध्यक्ष माग्छन् भने त्यो दिऊँ । ५० प्रतिशत नै दिन पनि फरक पर्दैन । अरु थप केही माग छ भने त्यो पनि दिऊँ तर एकता नटारौं । 

वामदेवको प्रस्तावलाई महासचिव ईश्वर पोखरेलले रुचिकर मानेनन् । 

स्रोतका अनुसार उनको प्रस्ट भनाइ थियो ‘यहाँ कुरा संख्याको र प्रतिशतको मात्र होइन । सैद्धान्तितक विषय पनि छन् । त्यसैले मागेजतिमा लचिलो भएर अगाडि बढ्न सकिँदैन, हुँदैन ।’

उनीहरुका सबै माग पूरा गरेर एकता गर्नु हुँदैन भन्ने रायमा केपी ओली पनि सहमत देखिन्थे । 
 

कमेन्ट गर्नुहोस्