२१ असार २०८३, आइतबार

बेलारुसद्वारा २८ राजनीतिक बन्दी रिहा

असार १७, २०८३
काठमाडौं
बेलारुसद्वारा २८ राजनीतिक बन्दी रिहा

बेलारुसले ‘चरमपन्थी अपराध’मा दोषी ठहर गरिएका २८ जनासहित ३२ जनालाई आममाफी दिएको राष्ट्रपति कार्यालयले बुधबार जनाएको छ। बेलारुसमा ‘चरमपन्थी अपराध’ भन्ने शब्दावली प्रायः राजनीतिक गतिविधिमा सङ्लग्न व्यक्तिलाई लक्षित गर्न प्रयोग हुने मानवअधिकार समूहले बताएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार बेलारुसको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आममाफीसम्बन्धी आदेश राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले जारी गरेका हुन् । आममाफी पाउनेमध्ये २० जना महिला र १२ जना पुरुष रहेको जनाइएको छ।

आममाफी पाउने व्यक्तिको विस्तृत सूची भने सार्वजनिक गरिएको छैन।मानवअधिकार समूह ‘भिअस्ना’का अनुसार बेलारुसका जेलमा अझै ८०० भन्दाबढी राजनीतिक बन्दी रहेका छन्। तीमध्ये अधिकांश सन् २०२०मा राष्ट्रपति लुकासेन्कोको विवादित पुनर्निर्वाचनविरुद्ध भएका व्यापक प्रदर्शनका क्रममा पक्राउ परेका थिए।

अमेरिकाले लगाएका प्रतिबन्धमा राहत पाउने उद्देश्यले बेलारुसले पछिल्लो एक वर्षयता सयौँ राजनीतिक बन्दीलाई रिहा गरिसकेको जनाइएको छ। रिहा हुनेमा पत्रकार, विपक्षी राजनीतिज्ञ तथा अधिकारकर्मी रहेको बताइएको छ।

सन् १९९४ देखि सत्तामा रहेका राष्ट्रपति लुकासेन्कोले भने बेलारुसमा राजनीतिक बन्दी रहेको आरोप अस्वीकार गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्