०९ असार २०८३, मंगलबार

प्रचण्डले व्यानर अर्को नभएको भए हुनेरहेछ भनेपछि ...

बैशाख १२, २०७५
प्रचण्डले व्यानर अर्को नभएको भए हुनेरहेछ भनेपछि ...

‘यस्तो राम्रो रहेछ । केलाई विवाद गर्नुपरेको हो, बेकारमा !’ यसो भन्दै प्रचण्ड मञ्चबाट निस्कँदै थिए, कृष्णगोपाल श्रेष्ठ पछि लागे ।

सोधे,‘ठीक छैन त कमरेड ?’ प्रचण्डले फेरि प्रतिक्रिया दोहोर्‍याए,‘यस्तो व्यानर टाँग्दा टाँग्दै.... यो व्यानरमा विवाद गर्नुपर्ने स्थिति नै रहेनछ । साथीहरु पनि के गर्छन् गर्छन् ’ मन प्रफुल्ल बनाएर कृष्णगोपालले त्यही रहेका  स्वयंसेवकहरुलाई सोधें,‘सुन्नुभयो त प्रचण्ड कमरेडले के भन्नुभयो ?’आइतबार लेनिन जयन्तीका अवसरमा पार्टी एकताको सन्देश दिने गरी राष्ट्रियसभामा आयोजित कार्यक्रममा व्यानर विवादका कारण शुरुमै होहल्लामा परिणत भयो ।

पछि दुई व्यानरसहित कार्यक्रम हुने भएपछि होहल्ला रोकियो । तर शुरुको हल्लाले मुख्यत एमाले कार्यालय सचिब कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालहरुले पटक पटक अध्यक्ष केपी ओलीको गाली खाइरहेका थिए । होहल्ला भइरहँदा ओली बालुवाटार र प्रचण्ड खुमलटारमा थिए । 

त्यो व्यानरको डिजाइन बागबजारस्थित जिफन्ट विल्डिङ मै रहेको एम्ज माउसका महेन्द्र श्रेष्ठले बताएका थिए । त्यहाँ एमालेका प्रायः कार्यक्रमको व्यानर बनाउने गरिन्छ । कृष्णगोपालले त्यो पनि सुनाए, महेन्द्रले गरेको हो कसरी बिगार्छ ।’

हलभित्र नछिरुन्जेल केपी र प्रचण्डले व्यानर देखेनन् । 

प्रचण्ड रिसाए होलान् भन्ने कृष्णगोपाललाई लागेको थियो । तर भाष्ण सकेपछि निस्केन बेलामा व्यानर हेर्दै प्रचण्डले टिप्पणी गरेपछि विहानदेखि तनावमा रहेका कृष्णगोपाल को मन फुरुंग भएको समाचार आजको जनआस्थामा छ । प्रचण्डले निस्केन बेलामा श्रेष्ठसँग व्यानरको तारिफ गरे । 

व्यानर देखेपछि दुबै अध्यक्षले एउटै भएको भएपनि हुने रहेछ भने । 
 

salt training

कमेन्ट गर्नुहोस्