२४ जेठ २०८३, आइतबार

सन्दीप सहभागी टीम दिल्लीका कप्तान गम्भीरले दिए राजीनामा

बैशाख १२, २०७५
सन्दीप सहभागी टीम दिल्लीका कप्तान गम्भीरले दिए राजीनामा

काठमाडौं, १२ वैशाख-नेपाली खेलाडी सन्दीप लामिछाने सहभागी आईपीएल (इन्डियन प्रिमियर लिग) टीम दिल्ली डेयर डेभिल्सको कप्तानबाट गौतम गम्भीरले राजीनामा दिएका छन् ।

टीमको खराब प्रदर्शनको जिम्मेवारी लिँदै आफूले राजीनामा दिएको उनले बताएका छन् । गम्भीरको ठाउँमा युवा ब्याट्सम्यान श्रेयस अय्यरलाई नयाँ कप्तान नियुक्त गरिएको छ ।

'अंक तालिकामा हामी जहाँ (पुछार)मा छौं, त्यसको जिम्मेवारी म लिन्छु,' गम्भीरले भने, 'मैले टीमका लागि पर्याप्त योगदान दिन सकिनँ, नेतृत्वकर्ता हुनुको नाताले यसको जिम्मेवारी मैले लिनुपर्छ, त्यसैले मैले सोचेँ यो मैले जिम्मेवारी हस्तान्तरण गर्ने उचित समय हो, प्रतियोगितामा हाम्रो सम्भावना अझै जीवित छ ।'

उनले आफूलाई राजीनामाका लागि टीम व्यवस्थापनले कुनै दबाब नदिएको प्रष्टिकरण पनि दिएका छन् ।

प्रतियोगितामा लिग चरणका कुल १४ मध्ये ६ खेल खेलेको दिल्लीले १ खेल मात्र जितेको छ । सन्दीपले हालसम्म आफ्नो खेल देखाउने मौका पाएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्