१० असार २०८३, बुधबार

भारतबाट हतियारसहित नेपालमा लागू औषध तस्करी

बैशाख १३, २०७५
भारतबाट हतियारसहित नेपालमा लागू औषध तस्करी

विराटनगर, १३ वैशाख– पछिला दिनमा भारतबाट नेपालतर्फ लागू औषधको अवैधत् कारोवारमा भारतीय नागरिक संलग्न हुने गरेको पाईएको छ । गएराति बिराटनगरको नोवेल अस्पताल अगाडीबाट ७ जना भारतीय ठूलाे परिमाणको लागू औषध सहित पक्राउ परेपछि यो बिषय सार्बजनिक भएको हो । राति करिब ९ बजेको समयमा भारतबाट नेपाल भित्र्याएको अबस्थामा ठूलाे परिमाणको लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा भारतको वथनाहाका रोहित कुमार शर्मा, फारबिसगंजका प्रमोद भन्ने बिनोद यादव, मिल्की डुमरीयाका राजकुमार यादव, मिल्की डुमरीयाकै निलमदेबी यादव, सिमराहाका प्रकाश कुमार दास, रानीगंजका रन्जीत कुमार शर्मा र  बरारभत नाजाका सुरजनारायण यादव रहेका छन् । 

पक्राउ परेका उनीहरु  बिराटनगर महानगरपालिका ४मा रहेको नोवेल मेडिकल कलेज अगाडी नहरको डिलमा भारतीय तीनवटा मोटरसाईकल सहित पक्राउ परेका हुन् । प्रहरीले प्रमोद भन्ने विनोदको साथबाट  अमेरिकन पेस्तोल एक थान सहित त्यसमा लाग्ने ६ थान गोली बरामद गरेको छ । हतियार सहित आएका उनीहरुको साथबाट ठूलाे परिमाणको लागू औषध बरामद गरेको हो ।

यसरी बरामद भएको लागू औषधमा एभिल एक हजार ७ सय १७ एम्पुल,  डाईजेलाभ पाँच सय , स्प्रास्मो प्रोक्सिभन एक हजर ७ सय ७६ चक्की, नाईट्रोशन ट्याब्लेट ७ सय २५ , फेनारगर १ सय २५, डाईलेक्स डिसी १३ बोतल बरामद गरेको हो । 

प्रहरीले उनीहरुको साथबाट ३ वटा भारतीय मोटरसाईकल, ६ सेट मोवाईल, एक सेट स्वचालित हतियार र त्यसमा लाग्ने म्यागेजिन सहित ६ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएकाे छ । यसरी हतियारसहित लागू औषध फेला परेको मोरङमा पहिलो घटना भएको हुन्सक्ने प्रहरीकाे भनाइ छ । यसमा महिलाको समेत संलग्नता रहेको मोरङका प्रहरी उपरिक्षक अरुणकुमार बिसीले जानकारी दिए ।

यस घटनामा एकजना भारतीय महिला पनि पक्राउ परेकी छन्  । उनका अनुसार ठूलाे मात्रामा लागू औषध फेला परेकोले यो मोरङ या बिराटनगरको लागि मात्र नभई बाहिरी जिल्लाको लागि लग्दै गरेको हुन्सक्ने आशंका गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्