१० असार २०८३, बुधबार

सुनसरीमा भएको दुर्घटनामा मोटरसाइकल चालको मृत्यु

बैशाख १३, २०७५
सुनसरीमा भएको दुर्घटनामा मोटरसाइकल चालको मृत्यु

इनरुवा, १३ वैशाख- सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ११ प ७०१४ नम्बरको मोटरसाइकल र बा ३ ख ७८७० नम्बरको माइक्रोबस आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक भुजेलको मृत्यु भएको हो । 

माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका भुजेलको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । माइक्रोबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्