१२ असार २०८३, शुक्रबार

उत्तर कोरियाबारे चीनले गर्यो यस्तो खुलासा

बैशाख १३, २०७५
उत्तर कोरियाबारे चीनले गर्यो यस्तो खुलासा

उत्तर कोरियाको मुख्य आणविक केन्द्रमाथिको पहाड भत्किएको समाचारहरु सार्वजनिक भएका छन् । 

विष्फोटको असरले पहाड भत्किएको दाबी अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले गरेका छन् । 

जसका कारण त्यहाँ थप परीक्षण गर्न असुरक्षित हुनुका साथै उक्त दुर्घटनामा परमाणु विकिरण चुहिएको हुन सक्ने तथ्यहरु बाहिर आएका छन् ।

चीनको युनिभरसिटी अफ साइन्स एण्ड टेक्नोलोजीका वैज्ञानिकहरुले गरेको अध्ययनले यो कुरा पत्ता लगाएको हो । 

यो कुरा सार्बजनिक भएपछि उत्तर कोरियाली राष्ट्रपतिले हालसालै आफ्नो देशको आणविक परीक्षण कार्यक्रम रोक्ने घोषणा गरेको अनुमान गरिएको छ । 

उत्तर कोरियाली आणविक परीक्षणले गत सेप्टेम्बरमा चीनका सिमाना नजिक रहेका शहरहरुमा भूकम्पीय धक्का महसुस गरिएको थियो । यसका कारणले स्कूल र कार्यालयहरु बिदा दिइएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्