
काठमाडौं, १३ वैशाख– उत्तर कोरियाली नेता किम जोन उन भोलि(शुक्रवार) दक्षिण कोरिया भ्रमणमा जाँदैछन् ।
उत्तर कोरियाली नेताको दक्षिणको भ्रमण ६५ वर्षयताको पहिलो हो ।
उत्तर कोरियाली नेतालाई सीमा क्षेत्रबाट वार्तास्थल पानमोनजमसम्म दक्षिणका सेनाले सम्मानसहित स्कर्टिङ गरेर लैजाने रोयटर्सले जनाएको छ ।
किम जोन उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच साढे दशबजे वार्ता सुरु हुने छ । किम साढे ९ बजे बोर्डर क्रस गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
वार्तामा आणविक निशस्त्रिकरण, कोरियाली प्रायद्वीपमा शान्ति कायम गर्ने विश्वास लिइएको छ ।
दुई कोरियाबीचको वार्तालाई विश्वभर निकै चासोका साथ हेरिएको छ ।
किम आफ्नी बहिनीसहित ९ जनाको टोली लिएर दक्षिण जाने छन् ।
