१४ असार २०८३, आइतबार

उत्तर कोरियाली नेता किम दक्षिणमा : स्वागत गर्दै मूनले भने- ‘तपाईँलाई भेट्न पाउँदा खुशी छु’

बैशाख १४, २०७५
उत्तर कोरियाली नेता किम दक्षिणमा : स्वागत गर्दै मूनले भने- ‘तपाईँलाई भेट्न पाउँदा खुशी छु’

काठमाडौं, १४ वैशाख– उत्तर कोरियाका नेता किम जङ अन दक्षिण कोरिया पुगेका छन् । सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जङ अन पहिलो उत्तर कोरियाली नेता बनेका छन् ।

उत्तर र दक्षिण कोरियाली नेताहरूले दुई देशबीचको पहिलो शिखर बैठक शुरू गरेका छन् । उनीहरूबीचको ऐतिहासिक वार्ता पारमाणविक कार्यक्रम परित्याग गर्ने उत्तर कोरियाको पछिल्लो चाहनामा केन्द्रित हुनेछ ।

दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले दुई देशबीच शिखर बैठक शुरू हुनुअघि नाकामा स्थानीय समय अनुसार बिहान साढे ९ बजे किमलाई स्वागत गरेका थिए । दुवै नेताहरूलाई एउटा परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो र दुई देशको राष्ट्रियगान बजाइएको थियो । 

सांकेतिक कदमहरूले भरिपूर्ण एउटा पल थियो जब किम र मूनले दुवै देशको गैरसैनिक क्षेत्रमा हात मिलाए । दक्षिण कोरियाली राष्ट्रपति मूनले पनि उत्तर कोरियाली भूमिमा पाइला टेके, जुन अपेक्षा नगरिएको एउटा पल थियो ।

समाचार संस्था एएफपीका अनुसार मूनले किमलाई भने, ‘तपाईँलाई भेट्न पाउँदा म खुशी छु ।’

salt training

कमेन्ट गर्नुहोस्