०४ असार २०८३, बिहीबार

गच्छदारले राखे समायोजन प्रस्ताव, मागे भाग

बैशाख १४, २०७५
गच्छदारले राखे समायोजन प्रस्ताव, मागे भाग

काठमाडौँ, १४ बैशाख  - कांग्रेस नेता विजयकुमार गच्छदारले तत्कालीन फोरम लोकतान्त्रिक कांग्रेसमा विलय गराउँदा भएको सहमतिअनुसार केन्द्रीय कार्यसमितिदेखि पार्टीको तल्लो तहसम्म आफ्ना नेता तथा कार्यकर्ताको व्यवस्थापन गर्नुपर्ने मुद्दा उठाएका छन् ।

त्यतिबेला आफूलाई केन्द्रीय उपसभापति बनाउने सहमति भएको खुलासासमेत उनले गरेका छन् । निर्वाचनअघि गच्छदारले नेतृत्व गरेको तत्कालीन फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएको थियो ।

केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार गच्छदारले केन्द्रीय उपसभापतिसहित १५ देखि २० जनालाई केन्द्रीय सदस्य बनाउन लिखित माग राखेका हुन् । आफूलाई उपसभापति र अन्य एक दर्जन बढीलाई केन्द्रीय सदस्यमा ल्याउने समझदारी जुटेपछि गच्छदारको पार्टी कांग्रेसमा विलय भएको थियो, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्