१७ असार २०८३, बुधबार

तोकेको ठाउँमा नजाने कर्मचारीलाई राजीनामा दिएर व्यापार गर्न लालबाबुको सुझाव

बैशाख १४, २०७५
तोकेको ठाउँमा नजाने कर्मचारीलाई राजीनामा दिएर व्यापार गर्न लालबाबुको सुझाव

भैरहवा, १४ बैशाख– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजिनामा दिएर निजी व्यबसाय सुरु गर्न सुझाब दिएका छन् । 

लुम्बिनी प्रेस क्लबले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारी राष्ट्र सेवक हुनै नसक्ने भन्दै त्यस्ता कर्मचारीले राजिनामा दिएर अन्य ब्यवसाय गरे सरकारलाई कुनै आपत्ति नहुने बताए ।

सरकारले खटाएको ठाउमा नजाने कर्मचारी राष्ट्र सेवक हुनै नसक्ने उल्लेख गर्दै मन्त्रि पण्डितले जागिर खाने बेलामा सरकारले जहाँ खटाए पनि जान्छु भनेर सपथ खानेले अहिले जान्न भन्न नपाईने बताए ।

उनले कडा भाषामा भने ‘गणतन्त्रमा सबैलाई अधिकार छ । काम गर्दैन पनि भन्न पाउँछन् तर त्यस अगाडी राजीनामा दिनुपर्दछ ।’ कपिलवस्तु जान हिडेंका मन्त्री पण्डितले बैशाख १८ गते सम्म कर्मचारीलाई १५ ठाऊ रोज्ने अवसर दिएको जनाउदैं त्यसमा भाग नलिएपनि सरकारले खटाएको ठाउमा जानैपर्ने बताए । उनले भने ‘म फेरी पनि भन्छु , अब कर्मचारी की राज्यले खटाएको ठाउँमा चुपचाप गएर काम गर्नुपर्दछ होइन भने राजीनामा दिनुपर्दछ ।’
 

salt training

कमेन्ट गर्नुहोस्