१२ असार २०८३, शुक्रबार

ज्यान मार्ने उद्योगको मुद्दामा फरार अभियुक्त पक्राउ

बैशाख १४, २०७५
ज्यान मार्ने उद्योगको मुद्दामा फरार अभियुक्त पक्राउ

धादिङ, १४ वैशाख - ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भई फरार एक व्यक्तिलाई प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

गल्छी गाउँपालिका–५ का ३६ वर्षीय सूर्यबहादुर तामाङलाई शुक्रबार बेनीघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालत धादिङले २०७० माघ ५ गते छ वर्ष कैद र रुएक लाख १० हजार जरिवाना गरे पनि उनी फरार रहँदै आएका थिए । उनले २०६१ साल कात्तिक १२ गते स्थानीयवासी ५५ वर्षीय लुङबहादुर मगरलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्