३१ असार २०८३, बुधबार

विश्वभर बढ्दैछ यस्तो कामप्रति अरुचि

बैशाख १५, २०७५
विश्वभर बढ्दैछ यस्तो कामप्रति अरुचि

विगत चार दशक यता विकसित प्रविधिले यौन सम्बन्धलाई उन्मुक्ति दिएको छ, चाहे त्यो गर्भनिरोधक गोली होस् वा ग्रिंडर तथा टिंडर जस्ता डेटिङ एप्स । यो सवै मिलाएर यौन सम्बन्धलाई नयाँ उचाई दिन्छ ।

यति मात्र होइन सामाजिक मुल्य–मान्यताको देष्टिकोणबाट पनि समलैंगिकता, तलाक, विवाह भन्दा पहिला सेक्स सम्बन्ध र एकभन्दा धेरैसँग यौन सम्बन्ध जस्ता चलन अब धेरे नै स्वीकार्य हुन थालेको छ । यति हुँदा हुँदै पनि अध्धयनले यस्तो बताउँछन कि पछिल्लो दशकको तुलनामा विश्वमा मानिसहरु कम सेक्स गरिरहेका छन् ।

अमेरिकी शोधकर्ता जोन त्वंगे, रायन शेरमान र ब्रुक वेल्सको एक शोध अनुसार १९९० को दशकको तुलनामा २०१० को दशकमा मानिस हरेक बर्ष नौ पटक कम सेक्स गरेका छन् । तथ्याङ्कका अनुसार यसमा १५ प्रतिशत कमी आएको छ । १९९० को दशकमा हरेक बर्ष मानिस ६२ पटक सेक्स गरिरहेका थिए, जो २०१० को दशमा घटेर बर्षेनी ५३ पटकमा पुगेको छ । यो कमी सवै धर्म, सवै जाती, सवै क्षेत्र, शिक्षित तथा अशिक्षित सवै किसिमका मानिसमा देखिएको छ । यस्तो खालको प्रवृति विश्वभर नै देखिएको छ ।

यसाे हुनुकाे कारण के ? यसको सवैभन्दा सजिलो निश्कर्ष त यो हो कि प्रविधि उपयोग धेरै गर्नु । खास गरेर दुई प्रविधिलाई घट्दै गएको सेक्सको कारण मानिएको छ, एक अनलाइन पोर्नोग्राफी र अर्को सोसल मिडिया । अनलाई पोर्नोग्राफी बढदै गएको चलनबाट कैयौ मानिसमा सेक्स एडिक्शन जस्तो विरामी पनि देखिएको छ ।

जब तपाईं यस्तो एडिक्शनको शिकार हुनुहुन्छ पोर्नले वास्तविक जीवनको सेक्सको ठाँउ लिन्छ । शोधकार्तका अनुसार पोर्न हेर्ने मानिस सेक्स सम्बन्ध बनाउने मामलामा कम रुचि राख्छ । २०११ मा इटलीमा पोर्न देख्ने २८ हजार मानिसमा सर्वे गरिएको थियो, जसमा धेरैजसो मानिस पोर्न हेर्ने वानी परेको थियो । एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्