१० असार २०८३, बुधबार

फोर्स सिमेन्ट अब नँया प्याकमा

बैशाख १७, २०७५
फोर्स सिमेन्ट अब नँया प्याकमा

काठमाडौं, १७ बैशाख- जगदम्बा सिमेन्ट उद्योगले ग्राहक तथा उपभोक्ताको मागलाई मध्यनजर गर्दै आफ्नो उत्पादनलाई अझ परिष्कृत गरेको छ । हालै मात्र विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले शुभश्री जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कम्पनी र को अत्याधुनिक प्रविधि जडान गरी उत्पादन सूचारु गरेको हो भने थप यस उद्योगले आफ्नो फोर्स ब्राण्डलाई अझ  नविन तथा परिष्कृत गर्दै आकर्षक प्याकेजिङ्गमा बजारमा ल्याएकोछ । समयको माग र ग्राहकको चाहना बमोजिम फोर्स प्याकेजिङ्ग अझ आकर्षक र उपभोक्ता मैत्री  भएको छ । 

यसरी जगदम्बा ग्रुपले नेपालमा पाईने सबै प्रकारको सिमेन्ट उत्पादन गर्दै आफ्ना दुवै उद्योगबाट दैनिक १ लाख १० हजार बोरा बिक्री वितरण गर्दै आइरहेको छ । यस उद्योगले आफ्नो उद्योगलाई सधै नै प्रविधि मैत्री बनाउने र  उत्पादित सम्पूर्ण ब्राण्डहरुको गुणस्तरमा एकरुपता कायम गर्दै उपभोक्ताको सेवामा समर्पित रहने प्रतिवद्धता ब्यक्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्