
दीपेन्द्र गजुरेल / बेदराम कडेल
नेदरल्याण्ड, १७ बैशाख– नेदरल्याण्डमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली मूलका युवा व्यवसायीको भेलाले एक तदर्थ समिति चयन गरेको छ ।
नेपाली व्यवसायीको हकहित र व्यवसाय विस्तार तथा प्रर्वद्धन गर्ने उद्देश्यले समाजसेवी तथा व्यवसायी राम कंडेलको पहलमा श्रीराम कंडेलको संयोजकत्वमा १७ सदस्सीय तदर्थ समिति सर्वसम्मतचयन गरिएको हो ।
यस्तै तदर्थ समितिको महासचिवमा निशान सापकोटा रहेको छन् । संंस्थालाई मूर्त रुप दिनका लागि विधान निर्माण गर्न शशी पौडेलको संयोजकत्वमा थानेश्वर कंडेल र शालिक गौतम सदस्य रहेको उपसमिति पनि चयन गरिएको छ ।
संयोजक श्रीराम कंडेल पूर्वएनआरएनएन नेदरल्याण्डका आई सिसि सदस्य हुन् भने महासचिव एनआरएनए मनोनित सदस्य हुन् ।
नेदरल्याण्डमा नेपाली मूलका मुलका ब्यबसायीहरुले रेस्टुरेन्ट , सुपरर्माकेट,नेपाली हेण्डी क्राफट कपडा सो रुम, हाउजिङ लगायतका ब्यबसाय गर्दै आइरहेका छन् ।
नेदरल्याण्डमा विगत लामो समयको छलफल पछि नेपाली ब्यवसायीहरूको छाता संगठनको रूपमा अगाडि बढाउने उद्देश्यले संस्था स्थापना गरिएको तदर्थ समितिले जनाएको छ ।