
काठमाडौं — विश्वको सबभन्दा शक्तिशाली देश अमेरिकामा आजभन्दा १०० वर्षअघिको स्थिति एकदमै फरक थियो ।

उन्नाईसौं शताब्दीमा गृहयुद्धले थिलथिलो परेको अमेरिका प्रथम विश्वयुद्धपछि त झनै जर्जर बन्न पुगेको थियो ।

यो स्थितिबाट त्यहाँको गरीब र मजदूर वर्ग बढी प्रभावित रह्यो । त्यतिखेर उनीहरूको चरम शोषण गरिन्थ्यो ।

होबो भनिने ती गरीबहरूलाई रेल लाइन बिछ्याउनेदेखि लिएर गटर सफा गर्ने काममा जोतिन्थ्यो ।

उनीहरूलाई पारिश्रमिक पनि थोरै दिइन्थ्यो र श्रम बेच्नका लागि अन्य देशमा पनि पठाइन्थ्यो ।
दोस्रो विश्वयुद्धमा हतियार बेचेर अमेरिका धनी तथा शक्तिशाली हुँदै गएको हो ।
एजेन्सी