०४ असार २०८३, बिहीबार

यो मन्दिरमा पुजिन्छ अमिताभ बच्चनको जुत्ता !

बैशाख २०, २०७५
यो मन्दिरमा पुजिन्छ अमिताभ बच्चनको जुत्ता !

काठमाडौं, २० वैशाख – भारतीयहरू आफ्ना फिल्मस्टारलाई देउताजत्तिकै सम्मान गर्छन् । महानायक अमिताभ बच्चनप्रतिको भारतीयहरूको प्रेम पनि जुनूनकै हदमा पुग्ने गर्छ । 

कोलकाताको श्रीधर रोडमा अमिताभ बच्चनको एक मन्दिर छ । त्यहाँ धेरै मानिसहरू पुग्छन् । अमिताभका प्रशंसक सञ्जय पटौडियाले १६ वर्षअघि बनाएका थिए । शुरूमा अमिताभको एक तस्वीर मात्र थियो । तर पछि दुई कोठामा मन्दिर बनाइयो । अमिताभको भव्य मूर्ति पनि बनाइएको छ । 

यो मन्दिरमा अमिताभको जुत्ताको समेत पूजा हुन्छ । अनि उनको नौ पृष्ठको चालीसा पनि वाचन हुन्छ । अनि मानिसलाई प्रसाद पनि बाँडिन्छ । 

अमिताभले अग्निपथ फिल्ममा लगाएको जुत्ता त्यहाँ पूजा हुन्छ । अनि अमिताभ बसेको कुर्सी अक्स फिल्ममा प्रयोग गरिएको थियो । 

फिल्म स्टार दिया मिर्जा पनि यो मन्दिरमा आइसकेकी छन् । उनले त्यहाँ पुगेर अमिताभको आराधना समेत गरेकी छन् । अमिताभ यो मन्दिरका बारेमा थाहा पाएपछि भावुक भएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्