१४ असार २०८३, आइतबार

डा. उपेन्द्र देवकोटासँगका पुराना तस्वीर राख्दै बाबुरामले लेखे यस्तो भावुक स्टाटस

बैशाख २०, २०७५
डा. उपेन्द्र देवकोटासँगका पुराना तस्वीर राख्दै बाबुरामले लेखे यस्तो भावुक स्टाटस

काठमाडौं, २० वैशाख– नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. उपेन्द्र देवकोटालाई भेटेपछि फेसबुकमा भावुक स्टाटस लेखेका छन् ।

डा. देवकोटालाई भेट्न बाबुराम बिहीवार अपराह्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका थिए । अस्पतालबाट फर्किएपछि उनले डा. देवकोटासँगका पुराना तस्वीरहरूसहित लेखेका छन्, "मेरा बालसखा, सहपाठी तथा आत्मीय मित्र डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थितिबारे बुझ्न अस्पताल पुग्दा दुवैले पुराना दिनहरूको सुखद् सम्झना गर्‍यौं । उहाँको तीक्ष्ण स्मरण शक्ति र दृढ अठोट यथावत् देख्दा उहाँ सोचेजति गम्भीर बिरामी भएको अनुभूति भएन र उहाँ आफैँले आफ्नो जीवनको सीमाको फरक आंकलन गरे पनि प्रकृतिमा हुने आकस्मिकता र सम्भावनाका नियमहरूले उहाँ स्वस्थ हुनुहुनेछ भन्ने आशा पलाइरह्यो ।
‘गेट वेल सून माइ फ्रेन्ड, अल योर क्लासमेट आर प्राउड अफ यु !’ (शीघ्र स्वास्थ्यलाभको कामना मेरो साथी, सबै सहपाठीलाई तिमीमाथि गर्व छ ।)"

भट्टराईले देवकोटासँग करीब २० मिनेट भलाकुसारी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्