०९ असार २०८३, मंगलबार

भ्रष्टाचार नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै अख्तियार

बैशाख २०, २०७५
भ्रष्टाचार नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै अख्तियार

पोखरा, २० वैशाख– स्थानीय तहमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवद्र्धनमा सहयोग पुरÞ्याउने उद्देश्यले सञ्चालन गरिएको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिका’ विषयक गोष्ठी पोखरामा सम्पन्न भएको छ । 

प्रदेश नम्बर ४ अन्तर्गतका स्थानीय तहका प्रमुख, उप प्रमुख तथा प्रशासकीय प्रमुखहरुको सहभागिता रहेको गोष्ठीमा भ्रष्टाचार नियन्त्रणका लागि स्थानीय तहले निर्वाह गर्ने भूमिकाका विषयमा छलफ भएको थियो । 

गोष्ठीको समापन कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेले जनताको ढोकामा सेवा पुर्याउन सक्नुमा नै स्थानीय सरकारको सार्थकता रहने बताए । कार्यवाहक प्रमुख आयुक्त घिमिरेले नियतिले नभइ नीति तथा प्रवृत्तिले नभइ पद्धतिबाट निर्देशित भएर काम गर्न सबैलाई आग्रह गरे । 

समाजका सबै तह र निकायमा हुने भ्रष्टाचार नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्ने बताउँदै कार्यवाहक प्रमुख आयुक्त घिमिरेले यसका लागि सहकार्य गर्न आयोग तयार रहेको बताए । कार्यवाहक प्रमुख आयुक्त घिमिरेले स्थानीय तहका पदाधिकारी र कर्मचारीहरूको कामबाट आम नागरिकले सुशासनको खोजी गर्ने भएकाले स्थानीय तहदेखि नै भ्रष्टाचारजन्य गतिविधिलाई दुरुत्साहन गरी सदाचार संस्कृतिको विकासलाई प्रोत्साहन गर्न आवश्यक रहेकोमा जोड दिए । 

चार नं प्रदेशको कास्की लमजुङ् तनहुँ गोरखा र स्याङ्जाका स्थानीय जनप्रतिनिधहरुका लागि पहिलो दिन र बाँकी जिल्लाका लागि दोस्रो दिन आयोजना गरिएको गोष्ठीको अध्यक्षता आयोगका आयुक्त डा. गणेशराज जोशीले गरेका थिए । सो अवसरमा आयुक्त डा. गणेशराज जोशीले भ्रष्टाचार नियन्त्रण र सुशासन सम्वन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको बताए । 

गोष्ठीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने, सहसचिवद्वय कालीप्रसाद पराजुली र काशीराज दाहाल तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भ्रष्टाचार नियन्त्रण र सुशासन सम्वन्धी विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठीमा प्रदेश नं ४ का प्रमुख सचिव लक्ष्मण अर्याल, पोखरा महानगरपालिकाका  प्रमुख मानवहादुर जी सी लगायतका जनप्रतिनिधिहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषयमा आ–आफ्नो धारणा राखेका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न गोष्ठीमा यस प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रशासकीय प्रमुखहरु गरी २५५ जनाको सहभागिता रहेको थियो । 

भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने विभिन्न किसिमका प्रवद्र्धनात्मक रणनीति अनुरुप आयोगको अगुवाइमा देशका सातै प्रदेशमा यस किसिमको अन्तक्र्रिया गोष्ठी सञ्चालन हुन थालेको हो ।  
 

salt training

कमेन्ट गर्नुहोस्