०१ असार २०८३, सोमबार

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो विश्व ट्रेड युनियन महासंघको कार्यक्रम

बैशाख २१, २०७५
१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो विश्व ट्रेड युनियन महासंघको कार्यक्रम

विश्वका प्रगतिशिल समाजबादी बिचार पक्षधर श्रमिकहरुको अन्तराष्ट्रिय केन्द्र विश्व ट्«ेड युनियन महासंघमा आबद्ध ८ वटा टे«ड युनियन महासंघहरुको आयोजनामा एक दिवसिय अन्तराष्ट्रिय सेमिनार तथा बैठक आयोजना गरेका छन् । 

कार्यक्रममा प्रमखु अतिथि नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले 
विश्व साम्राज्यबाद पुजिबादका बिरुद्ध श्रमिकहरुको एकता अपरिहार्यता भएको बताउदै श्रमिकहरुको संबृदिका लागि शिक्ष, स्वास्थ्य, आवास, खाद्यान्न र स्वच्छ खानेपानिका सुबिधा का साथै जीवन निर्वाह गर्न पुग्ने पारिश्रमिक, सामाजिक सुरक्षा र टे«ड युनियन अधिकारको प्रत्याभुति गर्न श्रमिकहरुका ट्रेड युनियनहरुले आफै एकताबद्ध भएर आन्दोलनलाई अगाडी बढाउनु पर्ने बताए । 


कार्यक्रमका बिशेष अतिथि विश्व ट्रेड युनियन महासंघका अध्यक्ष वान्डिले माईकल मकावाईबाले नेपालका श्रमिकहरुको हक हितका लागी सरकारले बिशेष ध्यान दिनु पर्ने बताउँदै  श्रमिकहरुले आफ्नो हक हितका लागि निरन्तर जुझारु श्रमिक बर्गिय संघर्ष जारी राख्नुपर्ने बताए । 

  कार्यक्रममा  ८ महासंघको तर्फबाट अध्यक्षहरुले आफ्ना संगठनका धाराण राख्नुका साथै बरिष्ठ अर्थशास्त्री डा. गोबिन्द बहादुर थापाले साम्राज्यबाद र पुजीबादले मजदुर बर्गमा पारेको असर बारे कार्यपत्र प्रस्तुत गर्दै पुजीबादी सोच र नीतिका कारण श्रमिकहरु शोषणको मारमा परेकाछन । सबै श्रमजीवि वर्गको मुक्तिका लागी पुजिबादको विकल्प समाजबादी राज्य ब्यबस्था अपरिहार्य रहेको उनले बताए । साथै उक्त कार्यक्रमा विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालको बैचारिक एवं सञ्चालन आधारपत्र डव्लुएफटीयु आर्थिक नियन्त्रण समितिका सदस्य मोहनमान स्वाँरले प्रस्तुत गरेका थिए । 

 यसै गरी भेलाबाट पेशागत महासंघ नेपालका बरिष्ठ उपाध्क्ष प्रेमल कुमार खनालको संयोजकत्वमा सदस्य विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालको गठन गरिएको छ ।  श्रम आन्दोलन सम्बन्धी १४ बुदे काठमाण्डौ घोषण पत्र जारी गर्दै नेपालमा क्रियाशिल समाजबादी बैचारिक धारका श्रमिक ट्रेड युनियनहरुले मे सप्ताह सम्पन्न गरिएकोछ ।

salt training

कमेन्ट गर्नुहोस्