
काठमाडौं, २१ बैशाख – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।
नेता निधि शुक्रबार विहान बासबारीस्थिति न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटाको अवस्था बुझ पुगका थिए । उनले देवकोटालाई भेटेर स्वास्थ्य बारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।
त्यस्तै निधिले प्रा. डा. यज्ञ अधिकारीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का पूर्ब कार्यकारी निर्देशक डा. अधिकारी मस्तिष्कमा समस्या देखिएपछि तीन दिनदेखि न्यूरो अस्पतालमा उपचार गराइरहेका छन् ।